दाङमा महिला प्रहरीको गोली हानी हत्या, गोली हान्ने आफ्नै श्रीमान्

दाङमा महिला प्रहरीको गोली हानी हत्या, गोली हान्ने आफ्नै श्रीमान्


काठमाडौं ।

दाङमा एक प्रहरीले आफ्नै श्रीमतीको गोली हानी हत्या गरेका छन्।

घोराहीको दामोदर चोकमा ड्युटीमा रहेकी महिला प्रहरी धनमाया थापालाई उनका श्रीमानले गोली हानी हत्या गरेका दाङका प्रमुख जिल्ला अधिकारी दिनबन्धु सुवेदीले जानकारी दिए ।

वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमायालाई बाँकेको नेपालगन्जमा कार्यरत उनका श्रीमान यमबहादुर झाँक्रीले साढे ८ बजेतिर गोली हानेर हत्या गरेको उनले जानकारी दिए । झाँक्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।