महिला जागृति वृद्धाश्रमलाई सिटिजन्स बैंकको सहयोग

महिला जागृति वृद्धाश्रमलाई सिटिजन्स बैंकको सहयोग


काठमाडाैँ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मोरङको बुढीगंगा गाउँपालिकामा रहेको महिला जागृति तथा वृद्धाश्रमलाई सहयोग प्रदान गरेको छ । ज्येष्ठ नागरिकलाई आश्रय दिइरहेको सो संस्थालाई बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ६ महिनालाई पुग्ने दैनिक उपभोग्य खाद्यान्न तथा अन्य सामग्री उपलब्ध गराएको हो ।

दाताबाट प्राप्त सहयोगबाट सञ्चालन भइरहेको उक्त वृद्धाश्रममा पुगी बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग सामग्री हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

सहयोग हस्तान्तरणपछि प्रमुख कार्यकारी अधिकृत पोखरेलले एक वृद्धाले सञ्चालन गरेर समाजमा अनुकरणीय काम गर्दै आएको संस्थालाई सहयोग गर्न पाएकामा सानो भए पनि सहयोग गरेर समाजप्रतिको उत्तरदायित्व बोध गर्न पाएको भन्दै उनले सन्तुष्टि व्यक्त गरेका थिए ।

बैंकले हाल देशका ५५ जिल्लामा एक सय ९० शाखा, एक सय ५२ एटिएम र ९७ वटा शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिइरहेको जनाएको छ । बैंकले १७ लाख १९ हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।