मन्थली टिपर पल्टिँदा १ जनाको मृत्यु

मन्थली टिपर पल्टिँदा १ जनाको मृत्यु


मन्थली ।

रामेछापको मन्थली-६ भलुवाजोर स्थित सेलेघाटमा टिपर पल्टिँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

शुक्रबार बिहान साढे ११ बजे सेलेघाटबाट निर्माणाधीन सुनकोसी मरिण डाइभर्सन आयोजनातर्फ आउँदै गरेको बा २ क ४५०७ नम्बर टिपर एक्कासि पल्टिँदा चालक अन्दाजी ५० वर्षीय जयबहादुर माझीको मृत्यु भएको सेलेघाट प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक अजय लामाले बताए ।

दुर्घटनामा परेको टिपर सुनकोसी मरिण डाइभर्सनको हो । टिपर सडकबाट अन्दाजी १०० मिटर तल भिरमा खसेको छ ।