गगन थापाको सांगठनिक प्रस्तावमा नैनसिंह महर असहमत

गगन थापाको सांगठनिक प्रस्तावमा नैनसिंह महर असहमत


काठमाडाैँ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नीति, सांगठनिक र समसामयिक राजनीतिक प्रस्तावको स्वामित्व लिने अवस्था नरहेको बताएका छन् ।

पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा उनले प्रस्तावहरू केन्द्रीय सदस्यसँग छलफल नगरी तयार भएको बताए ।

‘पहिलो कुरा, पार्टीकातर्फ बाट केन्द्रीय समितिमा आएका प्रस्तावहरू ल्याउँदा समितिको निर्णय भनेपनि आजसम्म संयोजकबाहेक केन्द्रीय सदस्यसँग छलफल भएन,’ उनले भने, ‘ महासमितिमा केन्द्रीय समितिका रूपमा पेस हुने प्रस्तावमा हामीले स्वामित्व लिने अवस्था देखिएको छैन,’
उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन निर्माणका लागि समितिसमेत नबनाएको उनको आरोप थियो ।

महरले उपसभापति खड्काले प्रस्तुत गरेका नीति प्रस्तावमा इतिहासको कुरामात्र आएको भन्दै नयाँ कुरा समेट्नुपर्नेमा जोड दिएका छन् । उनले आफू भ्रातृ संस्थाको अनिवार्य निर्वाचनको पक्षमा रहेको भन्दै निर्वाचनले आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने बताए ।

नेता महलले महामन्त्री थापाको सांगठनिक प्रस्तावमा सभापतिलाई शक्तिशाली बनाउने गरी आएको प्रस्तावमा विमति राखेका छन् ।