यौनशोषणकाे अभियोगमा इसाई पादरीलाई जेल सजाय

यौनशोषणकाे अभियोगमा इसाई पादरीलाई जेल सजाय


बिबिसी .

दक्षिण कोरियामा एक इसाई पादरीलाई उत्तर कोरियाबाट भागेर आएका नाबालिगहरूको यौनशोषण गरेको अभियोगमा जेल सजाय सुनाइएको छ।

उत्तर कोरियाबाट सयौँ मानिसलाई भाग्न र दक्षिणतिर आउन सघाएको भनेर दक्षिण कोरियामा ती पादरीलाई नायक मान्दै आइएको थियो।

एउटा अदालतले सउलस्थित आफ्नो आवासीय विद्यालयमा बसेका नाबालिगहरूको ति ६७ वर्षीय चुन कि-वनले यौनशोषण गरेको ठहर गरेको हो। उनले पाँच वर्ष कारागारमा बस्नुपर्ने छ।

दशकौँसम्म उनलाई उद्धारक र संरक्षक मानिन्थ्यो। उनले उत्तर कोरियाबाट भागेका मानिसहरूलाई सघाउन गरेको कामको मानिसहरूले प्रशंसा गर्दै आएका थिए।

उनी गत सेप्टेम्बर महिनामा सउलमा पक्राउ परेका थिए।