एजेन्सी ।
दिल्लीमा बिहीबार भएको आगलागीमा ज्यान गुमाउनेको संख्या ११ पुगेको स्थानीय अग्निनियन्त्रण विभागका अधिकारीले बताएका छन् ।
अधिकारीका अनुसार आगलागीका कारण शव पहिचान गर्न नसक्ने गरी जलेकाले मृतकको पहिचान हुन सकेको छैन । आगलागीका सबै पीडितहरू कारखानाका मजदुरहरू थिए ।
दुर्घटनामा दिल्लीका १ प्रहरी र २ महिलासहित ४ जना घाइते भएका छन् । घाइते सबै जनालाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।
आगलागी उत्तरपश्चिम दिल्लीको आवासीय क्षेत्रको छेउमा अवस्थित रङ (पेन्ट) उत्पादन गर्ने कारखानामा भएको हो ।
आगलागीका कारण वरपरका घरहरू प्रभावित भएका छन् भने अग्निनियन्त्रण विभागका कर्मचारीहरूको निरन्तरको सहयोगमा कम्तीमा ४ घन्टापछि शुक्रबार बिहानसम्ममा आगो नियन्त्रणमा आएको थियो ।
नजिकैका घरहरू तथा पसलहरूमा आगो लागेपछि ठुलो विस्फोटको आवाज सुनिएको तर आगलागीको कारण अहिलेसम्म थाहा हुन नसकेको स्थानीयले बताएका छन् ।
प्रतिक्रिया