बढ्याे सुनचाँदीको भाउ, कतिमा हुँदैछ काराेबार ?

बढ्याे सुनचाँदीको भाउ, कतिमा हुँदैछ काराेबार ?


काठमाडौं ।

सुनचाँदीको मूल्य बढेको छ ।

गत शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेर छापावाल सुनको मूल्य तोलाको १ लाख १७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत कारोबार दिन उक्त सुन तोलामा एक लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजाबी सुनको मूल्य तोलामा एक लाख १७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेर १ एक हजार ४३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।