तम्घासमा रहेका २ एग्रोभेट पसल सिल

तम्घासमा रहेका २ एग्रोभेट पसल सिल


गुल्मी ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले गुल्मीमा यमविपरीत संचालनमा रहेका दुई एग्रोभेट पसललाई सिल गरेको छ ।

जिल्लाको सदरमुकाम तम्घासमा रहेका दुर्गा एग्रोभेट सेन्टर र मुसिकोट एग्रोभेट पसललाई सिल गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले व्यवस्था विभागले दुवै एग्रोभेट सेन्टरको अनुगमन गरेको र इजाजत पत्र लिन अनुरोध गरेको तर संचालकले अटेरी गरेपछि जिल्ला प्रशासन कार्यालय गुल्मीले सिल गरेको टोलीका नेतृत्वकर्ता दिनेश ज्ञवाली बताए ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत दिनेश ज्ञवालीको नेतृत्वमा खटिएको टोलीले एग्रोभेट सेन्टर ल गरेको हो ।

रेसुंगा नगरपालिका-२ का वडाध्यक्ष हिराबहादुर थापा, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, प्रहरी र पत्रकार समेतको उपस्थितिमा एग्रोभेट सेन्टर सिल गरेको हो ।