कुवेत पठाउने भनेर श्रीलंका पुर्‍याएर बन्धक, एक जना पक्राउ

कुवेत पठाउने भनेर श्रीलंका पुर्‍याएर बन्धक, एक जना पक्राउ


काठमाडौं ।

कुवेत पठाउने भनेर श्रीलंका पुर्‍याएर बन्धक बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

मानव बेचबिखन गरेको आरोपमा एक जनालाई पक्राउ गरेको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ ।

पक्राउ पर्नेमा पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका वडा नम्बर ४ का ४७ वर्षीय मदुला मिया भन्ने मुर्तुजा मिया छन्। फरार रहेका मियालाई ब्युरोले मंगलबार पक्राउ गरेको हो।

घटनाको अनुसन्धान गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट सात दिन हिरासतमा राख्न अनुमति समेत लिएको छ।