२१ गते प्रधानमन्त्रीले संसद्‍मा सम्बोधन गर्ने

२१ गते प्रधानमन्त्रीले संसद्‍मा सम्बोधन गर्ने


काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले फागुन २१ गते प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन् ।  प्रधानमन्त्री प्रचण्डले फागुन २१ मा बस्ने प्रतिनिधिसभा बैठममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेश पाण्डेले संसद् सचिवालयलाई पत्र लेख्दै यसबारे जानकारी गराएका हुन् ।

आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री उपस्थित नभएपछि प्रमुख प्रतिपक्षीसहित विपक्षी दलले सदनमा प्रधानमन्त्रीको खोजि गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले संसदमा उपस्थित भइ जवाफ दिन सरकारलाई निर्देशन दिएका थिए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार फागुन १८ गते नै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेपनि काम विशेषले उपत्यका बाहिर रहेकाले २१ गते सम्बोधन गर्नेगरी संघीय संसद् सचिवालयलाई जनाकारी गराएको छ ।