आजबाट बिदा हुँदै छन् राष्ट्रिय सभाका अध्यक्षसहित २० सांसद

आजबाट बिदा हुँदै छन् राष्ट्रिय सभाका अध्यक्षसहित २० सांसद


काठमाडाैँ ।

राष्ट्रिय सभाका अध्यक्षसहित २० सदस्यको पदावधि आज सकिँदैछ । २०७४ सालमा निर्वाचित भएर ६ वर्ष कार्यकाल सकिएसँगै उनीहरुको पदावधि सकिएको हो ।

अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित एमालेका ८ सदस्य , नेपाली कांग्रेसका ४ , नेकपा माओवादी केन्द्रका ३, नेकपा एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ सहित राष्ट्रपतिबाट मनोनित १ गरी २० जनाको कार्यकाल सकिँदै छ ।

राष्ट्रियसभा गठन भएपछि पहिलोपटक कार्यकाल निर्धारणका क्रममा ६ वर्षे कार्यकाल निर्धारण भएका सांसदको पदावधि आज रातिबाट सकिन लागेको हो ।

राष्ट्रिय सभा सदस्यको पदावधि ६ वर्षको हुने र हरेक दुई वर्षमा एक तिहाइ सदस्यको निर्वाचन हुने व्यवस्था छ ।

आजबाट रिक्त हुने २० मध्ये १९ पदमा निर्वाचन भइसकेको छ । सो निर्वाचनबाट चुनिएका सांसदहरूको सोमबार शपथग्रहणको कार्यक्रम रहेको छ । बाँकी एक पदमा सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्नेछन् ।

आजबाट पदावधि सकिने सांसदहरू :

नेकपा एमाले– राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रमुख सचेतक भैरव सुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार दसौँदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नरपति लुवार र रामचन्द्र राई र विमला राई पौड्याल ।

नेपाली कांग्रेस– रमेशजंग रायमाझी, अनिता देवकोटा, प्रकाश पन्थ र जितेन्द्रनारायण देव।

माओवादी केन्द्र– विना पोखरेल, महेशकुमार महरा, हरिराम चौधरी।

एकीकृत समाजवादी– नन्दा चपाईं, सिंगबहादुर विश्वकर्मा।

जसपा– प्रमिलाकुमारी यादव तथा स्वतन्त्र सांसद खिमलाल देवकोटा