आफू नमर्दासम्म देशमा उथलपुथल भइरहने प्रधानमन्त्रीको भनाइ

आफू नमर्दासम्म देशमा उथलपुथल भइरहने प्रधानमन्त्रीको भनाइ


;Daf]wg ub}{ k|wfgdGqL …k|r08Ú b’aO{, !% dªl;/ M g]kfn pBf]u jfl0fHo dxf;ª3 / b’aO{ r]Da/n] ;+o’Qm ?kdf cfof]hgf u/]sf] sfo{qmdnfO{ z’qmaf/ ;Daf]wg ub}{ k|wfgdGqL k’iksdn bfxfn …k|r08Ú . tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाडाैं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नमर्दासम्म देशमा उथलपुथल भइरहने बताएका छन्।

सोमबार दिउँसो काठमाडौंमा शहीद प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै आफू जीवित रहुञ्जेलसम्म देशमा उथलपुथल भइरहने बताएका हुन्।

‘म नमर्दासम्म देशमा उथलपुथल भई नै राख्छ,’ उनले भने, ‘मलाई घेरा हालेर सिध्याउने धेरैचोटि कोसिस भए प्रतिक्रियावादीबाट, तर म साथीहरूलाई भन्न चाहन्छु ठूला कुरा गर्नुभन्दा हामी सबै क्रान्तिकारी एक ठाउँमा केन्द्रित हुने बाटो खोजौं।’

उनले आज निरन्तरतामा क्रम भंग गरेको पनि बताए।

माओवादी केन्द्र पार्टी निरन्तरतामा रमाएर बस्न नसक्ने पनि उनले बताए।

‘निरन्तरतामा रमाएर स्थिरतामा बस्न सक्दैन यो निरन्तरतामा क्रम भंग गर्दै नयाँनयाँ परिस्थित सिर्जना गर्दै अगाडि बढ्ने जात हो माओवादी,’ उनले भने।

त्यस्तै, माओवादी पार्टी नेपाली राष्ट्र र जनताको घोडा भएको पनि टिप्पणी गरे।

‘साथीहरूले कुरा नबुझेको देखेर कहिलेकाहीँ हैरान पनि हुन्छु। हामी माओवादीहरू नेपाली राष्ट्र र जनताको घोडा हो, अरू कसैको घोडा होइन,’ उनले भने।

त्यसैबीच आफूलाई प्रतिक्रियावादीले उपयोग गर्न खोजे कुनै पनि लात्ताले हानेर निस्कन सक्ने पनि बताए।