लुम्बिनीमा हुन लागेकाे शिखर सम्मेलन स्थगित

लुम्बिनीमा हुन लागेकाे शिखर सम्मेलन स्थगित


दाङ ।

लुम्बिनीमा हुने भनिएको लौरियट्स एण्ड लिडर्स शिखर सम्मेलन स्थगित भएको छ।

लुम्बिनी प्रदेश सरकारको आयोजनामा लुम्बिनीमा फागुन २८ र २९ गते गर्न लागिएको लौरेट्स एण्ड लिडर (शिखर सम्मेलन) मंगलबार बसेकाे प्रदेश मन्त्रिपरिषद्को बैठकले विशेष कारणबस स्थागन गर्ने निर्णय गरेको हो ।

सोमबार केन्द्रमा सरकार परिवर्तन भएपछि अन्योलमा रहेको सम्मेलनलाई लुम्बिनी प्रदेश सरकारले स्थगित गरेको हो। अन्तिम चरणमा रहेको शिखर सम्मेलन विशेष कारणबस मन्त्रीपरिषद बैठकले स्थगन गर्ने निणर्य गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेले जानकारी दिए ।

विभिन्न देशका ९ जना नोबेल शान्ति पुरस्कार विजेतासहित विभिन्न दातृ निकायका लगानी साझेदारहरूलाई फागुन २८ र २९ गते लुम्बिनीमा ल्याएर शिखर सम्मेलन गर्ने तयारी प्रदेश सरकारले गरेको थियो।

शिखर सम्मेलनको सबै तयारी सुरू भई १ सयभन्दा बढी विदेशी पाहुनाहरूलाई समेत आमन्त्रित गरिसकिएको अवस्थामा शिखर सम्मेलन स्थगित गरिएको हो।