सीआईबी प्रमुख बज्राचार्यलाई कारबाहीको तयारी, निलम्बन गर्न सक्ने

सीआईबी प्रमुख बज्राचार्यलाई कारबाहीको तयारी, निलम्बन गर्न सक्ने


काठमाडौं ।

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित आयोगले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुन तस्करीको छानबिनमा गम्भीर त्रुटि गरेको निष्कर्ष निकालेपछि प्रमुखलाई विभागीय कारबाही गर्ने तयारी गरेकाे छ ।

गृह मन्त्रालय स्रोतका अनुसार बज्राचार्यलाई विभागीय कारबाहीका लागि निर्देशन दिइएको छ । कारबाहीका रुपमा बज्राचार्यलाई निलम्बन गर्न सक्ने स्राेतले बताएकाे छ ।

गृह मन्त्री रवि लामिछानेले शुक्रबार बिहान गृहसचिव, आइजिपीसहितका अधिकारीहरूलाई बोलाएर एआइजी बज्राचार्यलाई कारबाही गर्न निर्देशन दिएका थिए।

सुन तस्करीको छानबिनका क्रममा लापरबाही गरेको ठहर गर्दै सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले बज्राचार्यलाई विभागीय कारबाही सिफारिस गरेको थियाे ।

सिआइबीले प्रहरीकै पूर्वउच्च अधिकारीका साथै राजनीतिक दलका नेतालगायतलाई उन्मुक्ति दिएको छानबिन समितिले ठहर गरेको छ । आयोगले बुझाएको प्रतिवेदनमा बज्राचार्यले त्रुटी गरेको उल्लेख छ ।

मुद्दा चलाउनुपर्नेलाई समेत जोगाएको आरोपमा आयोगले ब्यूरोकी प्रमुख एआईजी किरण बज्राचार्यसमेत कारबाहीको सिफारिसमा परेपछि निलम्बनको तयारी भएको गृहमन्त्रालयल स्रोतले जनाएको छ ।