कांग्रेसले माग्याे गृहमन्त्रीकाे राजीनामा

कांग्रेसले माग्याे गृहमन्त्रीकाे राजीनामा


काठमाडाैँ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठककाे आकस्मिक समयमा बाेल्दै नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले गृहमन्त्री लामिछानेको राजीनामा मागेका हुन् ।

पौडेलले ‘उच्च नैतिकताका आधारमा राजीनामा दिएर उदाहरण प्रस्तुत गर्नुस्’ भन्दै लामिछानेले नैतिकताका आधारमा पनि पदमा बसिरहन नमिल्ने बताएका थिए ।

आफूमाथि प्रश्न हुँदाहुँदै लामिछानेले गृहमन्त्री बन्न नमिल्ने र प्रधानमन्त्रीले उनलाई गृहमन्त्री बनाउन नमिल्ने पौडेलको जिकिर छ । ‘सहकारी ठगीसम्बन्धी अनुसन्धान भइरहेको व्यक्ति सरकारको मुख्य प्रमुख हुँदा पीडितहरूको काम कसरी पूरा हुन्छ ?’ भन्दै पौडेलले प्रश्न गरेका थिए ।