पूर्वसभामुख महरालाई कारबाही गर्न गृहमन्त्रीकाे निर्देशन

पूर्वसभामुख महरालाई कारबाही गर्न गृहमन्त्रीकाे निर्देशन


काठमाडौं ।

गृहमन्त्री रवि लामिछानेले माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई कारबाही गर्न प्रहरी नेतृत्वलाई निर्देशन दिएका छन् ।

सुन तस्करीसम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगबले महरालाई मुद्दा चलाउन सिफारिस गरेपछि लामिछानेले कारबाही गर्न प्रहरी नेतृत्वलाई निर्देशन दिएका हुन् ।

यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप)मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पनि सो प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको थियो ।