वन अधिकृतसहित २४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

वन अधिकृतसहित २४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौं ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत हेमन्तप्रसाद साहसहित २४ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

आइतबार आयोगले  २४ जनाविरूद्ध ११  लाख ९६ हजार ६९५ रुपैंयाँबराबरको सरकारी सम्पत्ति हानी नोक्सानी पुर्या‍एको अभियोग लगाउँदै विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

उनीविरूद्ध  ११ लाख ९६ हजार ६९५ रुपैयाँ बिगो माग दावी गरेको अख्तियारले आरोप पत्रमा उल्लेख गरेको छ ।