डिएलए नेपालकाे प्रशिक्षक प्रशिक्षण सुरु, विद्यार्थीलाई आधारभूत कानुनबारे जानकारी दिने मुख्य उद्देश्य

डिएलए नेपालकाे प्रशिक्षक प्रशिक्षण सुरु, विद्यार्थीलाई आधारभूत कानुनबारे जानकारी दिने मुख्य उद्देश्य


काठमाडौँ ।

सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई कानुनका आधारभूत विषयमा जानकारी गराउने उद्देश्यका साथ ड्यामोक्र्याटिक लयर्स एसाेसिएसन नेपाल (डिएलए)ले प्रशिक्षक उत्पादन गर्ने भएकाे छ ।

देशैभरका सामुदायिक विद्यालयका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरूलाई कानुनबारे आधारभूत जानकारी दिने उद्देश्यले डिएलए नेपालले विद्यालयमा कानुनसम्बन्धी कक्षा सञ्चालन गर्न लागेकाे हाे । साेका लागि सामुदायिक विद्यालयमा कक्षा लिने प्रशिक्षकहरू तयार गर्न डिएलए नेपालले  कानुनी साक्षरतासम्बन्धी ५ दिने  प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु गरेकाे छ ।

आज आइतबार काठमाडाैँमा सुरु भएकाे तालिममा ४९ जना कानुन व्यवसायी सहभागी रहेकाे डिएलए नेपालका अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिए ।

डिएलए नेपालका अध्यक्ष केसीकाे सभापतित्वमा भएकाे प्रशिक्षण कार्यक्रम उद्घाटनमा नेपाल शिक्षक संघका केन्द्रीय अध्यक्ष साेमनाथ गिरी, शिक्षक संघ काठमाडाैँका अध्यक्ष मञ्जु श्रेष्ठ , नेपाल शिक्षक संघ काठमाडाैँ महानगर अध्यक्ष मेघबहादुर बन्जारा, नेपाल शिक्षक महासंघ काठमाडाैँ महानगर अध्यक्ष राजेन्द्र अधिकारीले धारणा राखेका थिए ।

साे क्रममा शिक्षक संघका केन्द्रीय अध्यक्ष गिरीले याे तालिम काठमाडाैँ केन्द्रित मात्रै नभई देशैभरका सामुदायिक विद्यालयमा अविलम्ब सञ्चालन गर्न आवश्यक रहेकाे बताए भने अन्य वक्ताहरूले यस्ता तालिमकाे आवश्यकता रहेकाले त्यसका लागि संघले गर्नुपर्ने सहयाेगका लागि सदैव तयार रहेकाे बताए ।

तालिममा मुख्य प्रशिक्षकका रूपमा इन्द्रनारायण भैल छन् । उनले तालिमकाे विधि र पद्धतिका विषयमा प्रशिक्षण दिनेछन् ।

विषयगततर्फ देवानी संहिता र आजकाे सन्दर्भमा वरिष्ठ अधिवक्ता हरिहर दाहाल, सम्पत्ति अधिकारमा वरिष्ठ अधिवक्ता गुणनिधि न्याैपाने, शक्ति पृथकीकरण र विधिको शासनमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य, नागरिक अधिकारमा वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, कानुनका सामान्य सिद्धान्त र व्यवहारमा वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्र, साइबर कानुनमा अधिवक्ता बाबुराम अर्याल,  संघीयता कानुनमा अधिवक्ता रुद्रप्रसाद शर्मा, बालअधिकारमा अधिवक्ता बद्रीप्रसाद भुसाल,   फौजदारी कानुनमा अधिवक्ता बलरामप्रसाद राउत, देवानी संहितामा पारिवारिक कानुनमा अधिवक्ता विष्णु बस्याल, मानवअधिकार र कानुनी संरक्षणमा अधिवक्ता कल्याण पोखरेललगायत छन् ।

उद्घाटन कार्यक्रमकाे सञ्चालन डिएलए नेपालका महासचिव ज्ञानेन्द्रप्रसाद अधिकारीले गरेका थिए ।

५ दिनकाे प्रशिक्षणपछि उनीहरू देशभरका सामुदायिक विद्यालयहरूमा पुगेर ९ देखि १२ कक्षासम्मका विद्यार्थीहरूलाई कानुनका बारेमा विद्यार्थीहरूलाई जानकारी गराउनेछन् ।

नागरिक भएर गर्नुपर्ने कुराहरू के हुन् ? साइबर ल के हो ? पारिवारिक कानुन के हाे ? बालबालिकाका लागि कानुनी व्यवस्था के-के छन्  ? जस्ता कानुनी विषयका बारेमा विद्यार्थीलाई जानकारी दिइने केसीले बताए ।

केसीका अनुसार कानुनसँगै विद्यार्थीहरूलाई ३ तहको सरकार तथा संघीयताका बारेमा पनि जनाकारी गराइनेछ । पहिलाे चरणमा पाइलट परियाेजनाअन्तर्गत काठमाडाैँ महानगरका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई कानुनबारे कक्षा दिइनेछ भने बिस्तारै देशका ७५३ वटै स्थानीय तहका विद्यालयमा पुगेर कानुनबारे कक्षा सञ्चालन गर्ने याेजना रहेकाे केसीले बताए ।