सर्वोच्च अदालतबाट हतियारसहित दुर्गा प्रसाईंका बडीगार्ड पक्राउ

सर्वोच्च अदालतबाट हतियारसहित दुर्गा प्रसाईंका बडीगार्ड पक्राउ


काठमाडौं ।

सर्वोच्च अदालत परिसरबाट हातहतियारसहित एक जना पक्राउ परेका छन् ।

सोमबार दिउँसो सर्वोच्च अदालतभित्र हतियार लिएर प्रवेश गरेको पाइएपछि झापाको बुद्धशान्ति गाउँपालिका-३ का दीपक खड्कालाई पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी भीम ढकालले जानकारी दिए ।

आज सर्वोच्चमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध परेको रिटमा सुनुवाई हुँदैछ । सोही क्रममा सर्वोच्च परिसरबाट उनलाई पक्राउ गरिएको हो ।

खड्का दुर्गा प्रसाईंको सुरक्षा गार्डका रुपमा काम गर्दै आएका व्यक्ति हुन् ।