आज प्रधानमन्त्रीले सांसदले साेधेका प्रश्नको जवाफ दिने, गृहमन्त्री लामिछनेका बारेमा पनि बाेल्ने

आज प्रधानमन्त्रीले सांसदले साेधेका प्रश्नको जवाफ दिने, गृहमन्त्री लामिछनेका बारेमा पनि बाेल्ने


काठमाडौं । आज प्रतिनिधिसभाकाे बैठक बस्दैछ । बैठक बिहान ११ः०० बजेका लागि बोलाइएको छ ।

संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।

सो क्रममा गृहमन्त्री लामिछानेका विषयमा पनि प्रचण्डले जवाफ दिने बुझिएकाे छ ।

यसैगरी, अर्थमन्त्री वर्षमान पुनले ‘भन्सार विधेयक २०८०’ प्रस्तुत गर्नेछन् ।

साथै, आ.व. २०८१/८२ को लागि विनयोजन विधेयकका सिद्दान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक) माथी छलफल जारी रहने संसदका महासचिव पदमप्रसाद पाण्डेयले सार्वजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।