आज बसेकाे माओवादी बैठकले महराकाे विषयमा कुनै निर्णय लिन सकेन

आज बसेकाे माओवादी बैठकले महराकाे विषयमा कुनै निर्णय लिन सकेन


काठमाडाैँ ।

सुन प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रले उपाध्यक्ष कृष्णवहादुर महराका विषयमा आज बसेकाे पार्टी बैटकले कुनै निर्णय गर्न सकेन ।

बैठकले महराका विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको थियो । बैठकमा महराको विषयमा छलफल भएपनि ठोस निर्णय भने नभएको प्रवक्ता अग्नीप्रसनद सापकोटाले बताए ।

महरालाई जिम्मेवारीविहीन बनाउने या कसरी जाने भन्नेबारे छलफल केन्द्रित रहेको थियो । बैठकमा केही नेताले भने तत्काल निलम्बन गर्नु पर्ने धारणा राखेका थिए । केहीले भने अदालतको निर्णय पर्खिनुपर्ने बताएका थिए ।

महराको विषयमा अर्को बैठकले निर्णय लिने सापकाेटाले जानकारि दिए । पूर्वसभामुख समेत रहेका महरा पक्राउ परेपछि बैठकमा विविध कोणबाट छलफल भएको र सबै पक्षबाट छलफल गरेपछि मात्र पार्टीले कुनै न कुनै निष्कर्ष निकाल्ने उनकाे भनाइ थियाे ।