तोलामा ७०० रुपैयाँले बढ्याे सुनकाे भाउ, ताेलाकाे कती ?

तोलामा ७०० रुपैयाँले बढ्याे सुनकाे भाउ, ताेलाकाे कती ?


काठमाडौँ ।

स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला ७ सय रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २५ हजार २०० रुपैयाँ कायम भएको छ ।

सोमबार छापावाला सुन प्रतितोला १ लाख २४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजावी सुन पनि प्रतितोला ७०० ले बृद्धि भएको छ । महासङ्घले आजका लागि तेजावी सुन प्रतितोला १ लाख २४ हजार ६०० रुपैयाँ कायम गरेको छ ।

सोमबार तेजावी सुन प्रतितोला १ लाख २३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्यमा सामान्य बृद्धि भएको छ । सोमबार प्रतितोला १ हजार ५२० मा कारोबार भएको चाँदी आजका लागि १ हजार २२५ निर्धारण भएको छ ।