“गिरिजाबाबुले जे बोल्न हुन्थ्यो , त्यो गर्नुहुन्थ्यो ”

“गिरिजाबाबुले जे बोल्न हुन्थ्यो , त्यो गर्नुहुन्थ्यो ”


सदाबहार अर्थात् सधै जवान तथा फूर्तिलो । आकर्षक व्यक्तित्व भएका स्वर्गीय गिरिजाप्रसाद कोइराला ‘गिरिजाबाबु’ले वातावरणलाई रमणीय बनाई राख्ने सूचना विभिन्न पाठ्य समाग्रीबाट प्राप्त हुन्छ नेपाली राजनीतिकर्मीहरुमा गिरिजाबाबुको राजनीतिक ग्राफ अकल्पनीय छ । मजदुर आन्दोलनदेखि पटक–पटक प्रधानमन्त्री र कार्यकारी प्रधानमन्त्री तथा राष्ट्र प्रमुखको भूमिकामा जिम्मेवार र सफल नेतृत्व गरेका गिरिजाबाबुको छाप “कम बोल्ने तर बोलेको विषयलाई टुङ्गोमा पुर्याउने अडिक नेताको छ । थुप्रै अतुलनीय कार्यको निरन्तरताले गिरिजा बाबुका राजनीतिक जीवनको “वासलात” सकारात्मक छ । गिरिजाबाबु ब्रम्ह्लिन भएपछि विभिन्न विद्याका अगुवा, नेपाली काँग्रेसका नेता तथा नेपाली काँगे्रस इतरका व्यक्तित्वहरुले उहाँको बारेमा प्रकट गरेका आ–आफ्नो धारणबाट प्रष्ट हुन्छ । गिरिजाबाबु साच्चिनै सदाबहार व्यक्तित्व हो । गिरिजाबाबुको २०६७ चैत ७ गते निधन भएको थियो । गिरिजाबाबुको निधनले तत्कालीन अवस्थामा नेपाली राजनीतिले नयाँ मोड लिएको थियो । दोस्रो जनआनेलनका कमाण्डर गिरिजाबाबुकै नेतृत्वमा नेपालमा २४० वर्षे इतिहास बोकेको निरंकूश राजसंस्था ढलेको थियो । गिरिजाबाबुकै कारण नेपालमा गणतन्त्र आयो । गिरिजाबाबुकै योगदानका कारण नेपालमा जनताले लेखेको संविधान पनि बन्योे –नेपालको संविधान २०७२ । गिरिजाबाबुका बारेमा विभिन्न नेताहरुका आफ्ना आफ्ना सोच छन् । कसले कसरी लिए त गिरिजाबाबुलाई । केही संकलन र केही नयाँ विचारलाई यहाँ समेट्ने प्रयास गरिएको छ ।

“शान्ति र संविधान गिरिजाबाबुकै परिकल्पना हो”
–शेरबहादुर देउवा
गिरिजाबाबु सिद्धान्तमा कसैसँग सम्झौता नगर्ने, कसैसँग नदब्ने, आफ्नो अडान नछोड्ने र कहिल्यै नथाक्ने नेता हुनुहुन्थ्यो । नख्खु जेलमा भएका गिरिजाबाबुसँग २०२४ सालमा विद्यार्थी राजनीतिको कारण जेलमा नै भेट भएको शेरबहादुर देउवा सम्झनु हुन्छ । गिरिजाबाबु सबैसँग सरसल्लाह गरेर निर्णयमा पुग्नु हुन्थ्यो । गिरिजाबाबुको अभावमा हामी अझ बढी जिम्मेवार बन्नु पर्छ ।

“गिरिजाबाबु हाइट र लाइट दुवै भएको राजनेता हो”
–केपी शर्मा ओली
गिरिजाबाबु जहाँ जन्मनु भयो, जहाँबाट राजनीति थाल्नु भयो त्यो इतिहास उहाँपछि मै हुँ भनेर कसैले सक्दैन । पदको जिम्मेवारी लिन सक्छ, सार्वजनिक जिम्मेवारीको ठाउँ लिन सक्छ । तर त्यो इतिहास, योगदान र प्रतिष्ठा अब म लिन्छु भन्यो भने त्यसलाई दशा लाग्छ । पदको उत्तराधिकार होला, वंश अधिकार प्रश्नको उत्तराधिकार होला तर इतिहासको उत्तराधिकार केही हुन सक्दैन ।

गिरिजाबाबुको क्याविनेटमा उप–प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको काम गर्ने अवसर प्राप्त भयो । दुवै जना “टफ स्वभाव”को व्यक्ति भएकोले सहकार्यमा मान्छेहरुको चासो थियो । अनेक पटक प्रधानमन्त्री भइसकेको , मेरो पिताजी भन्दा पनि जेष्ठ व्यक्ति तर पनि मैले उमेरको अन्तर अनुभव गर्नुपरेन । बरु आफ्नै पार्टीका साथीसँगको सहकार्य भन्दा कोइरालासँगको सहकार्य कतिपय अवस्थामा सहज भयो । समग्रमा गिरिजाबाबु टाडैबाट देखिने राजनीतिक उचाई र प्रकाश भएको राजनेता हो ।

“गिरिजाबाबुले जे बोल्न हुन्थ्यो , त्यो गर्नुहुन्थ्यो ”
–पुष्पकमल दाहाल “प्रचण्ड”
गिरिजाबाबु लामो नबोल्ने र सिधा आफ्नो कुरा राख्ने प्रवृत्तिको हुनुहुन्थ्यो । गिरिजाबाबु विश्वासयोग्य नेता हो । १२ बुँदे सझदारीमा उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको हो । शान्ति प्रकृयाको चरणसँगै “मेरो सेक्युरिटीको लागि ध्यान दिन थालेकोबाट मलाई एउटा गार्जियनले आफ्नो चेलालाई गरेजस्तो मायाको अनुभूती भयो”

पहिलो संविधानसभाको निर्वाचन पछि आइजोलोजिको विषयबाट हामी निर्देशित भयौं । गिरिजाबाबुलाई राष्ट्रपतिको रुपमा स्वीकार गरेको भए देशलाई सहज ढंङ्गले निकासमा लान सकिने रहेछ ।

उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने विषय नमान्नु हाम्रो गल्ति हो । “संयन्त्र पहिल्यै बनाएको भए यस्तो अवस्था आउने थिएन । हामीबाट ठूलो भूल भयो ।” गिरिजाबाबुले कहिल्यै धोका दिनु भएन । हामीले उहाँलाई चिन्न सकेनौं ।