दाउले हानेर पत्नीको हत्या पछि श्रीमानले गरे आत्महत्या

दाउले हानेर पत्नीको हत्या पछि श्रीमानले गरे आत्महत्या


मोरङ

मोरङको बेलबारीमा एक व्यक्तिले पत्नीको हत्या गरेपछि आत्महत्या गरेका छन्।

मोरङ प्रहरीले दिएको जानकारीअनुसार बेलबारी वडा नम्बर १ का ६० वर्षीय बमबहादुर लिम्बूले ४५ वर्षीया पत्नी गीता लिम्बूको हत्या गरेपछि आत्महत्या गरेका हुन्।

डिएसपी रञ्जन दाहालका अनुसार बमबहादुरले बुधबार बिहानका पौने दुई बजेतिर धारिलो हतियार दाउले प्रहार गरेर पत्नी गीताको हत्या गरेका थिए। टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेकी गीताको घटनास्थलमै मृत्यु भएको थियो।

पत्नीको हत्या गरेपछि बमबहादुरले पनि त्यही दाउले घाँटी रेटेर आत्महत्या गरेको प्रहरीले बताएको छ।

घाँटी रेटेर गम्भीर घाइते अवस्थामा प्रहरीले उनलाई फेला पारेको थियो।

विराटनगरको नोबेल अस्पताल उपचारका क्रममा उनको मृत्यु भएको हो। प्रहरीका अनुसार दोस्रो बिहे गरेका बमबहादुर र गीताका ८ वर्षीय छोरा छन्।

बमबहादुरले छोरामाथी पनि हतियार प्रहारको प्रयास गरेकोमा उनले भागेर ज्यान जोगाएका थिए ।