अर्थमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारमा थापा नियुक्त

अर्थमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारमा थापा नियुक्त


काठमाडौं ।

अर्थमन्त्री वर्षमान पुनको प्रमुख आर्थिक सल्लाहकारमा प्रा.डा. सूर्यबहादुर थापा नियुक्त भएका छन् ।

थापा त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकाय अन्तर्गतको अर्थशास्त्र विभागका प्राध्यापकसमेत हुन् ।

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले थापालाई सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो ।