Logo
  • १४ माघ २०८२, बुधबार / Wed Jan 28, 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

  • Logo
  • पूर्वाधार
    • यातायात
    • भवन
    • शहर/स्मार्ट सिटी
  • पालिका
    • गाउँपालिका
    • नगरपालिका
    • उपमहानगरपालिका
    • महानगरपालिका
  • जलस्राेत
    • ऊर्जा
    • सिँचाइ
    • खानेपानी
  • अर्थ-व्यवसाय
    • पर्यटन
    • उद्यम
    • सेयर
    • बैंक-वित्त
    • कर्पाेरेट
  • राजनीति
  • समाचार
  • बहस
  • म्यागजिन

विकास टाइम्स सर्च गर्नुहोस्

Logo
  • गृहपृष्ठ
  • समाचार
  • पूर्वाधार
    • यातायात
    • भवन
    • शहर/स्मार्ट सिटी
  • पालिका
    • गाउँपालिका
    • नगरपालिका
    • उपमहानगरपालिका
    • महानगरपालिका
  • जलस्राेत
    • ऊर्जा
    • सिँचाइ
    • खानेपानी
  • अर्थ-व्यवसाय
    • पर्यटन
    • उद्यम
    • सेयर
    • बैंक-वित्त
    • कर्पाेरेट
  • राजनीति
  • बहस
  • म्यागजिन

मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्च जोखिम

मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्च जोखिम

विकास टाइम्स
९ बैशाख २०८१, आइतबार
12
Shares

गोरखा ।

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१, सामागाउँ पर्ने मनास्लु हिमालमा आज बिहान ठूलो हिमपहिरो खसेको छ । मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र ताल नजिकै हिमपहिरो खसेको सामागाउँका दिजेन लामाले जानकारी दिए । पहिरो वीरेन्द्र तालमा खसेपछि तालको पानी भरिएर छालसँगै बूढीगण्डकी नदीमा मिसिएको उनले बताए ।

‘बिहान ९ बजे आसपासमा वीरेन्द्र तालभन्दा माथि ठूलो हिमपहिरो गएको छ’, उनले भने, ‘हिमपहिरो वीरेन्द्र तालमा खसेपछि तालको पानी भरिएर बाहिरिएको र बूढीगण्डकी नदीमा भल पुगेको छ, यसले बर्खा बेलामा जस्तै बूढीगण्डकीमा पानीको ठूलो वहाबको जोखिम बढाएको छ ।’

उनले नदीमा पानीको वहाब बढेकाले बूढीगण्डकी नदीको आसपासमा खतरा हुनसक्ने अवस्था रहेको बताए । ‘सानो खालको हिमपहिरो त अरु समयमा पनि जान्थ्यो’, लामाले भने, ‘‘तर अहिले निकै ठूलो हिमपहिरो गएको छ ।’

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) वासुदेव पाठकले हिमपहिरो खसेको जानकारी प्राप्त भएलगत्तै प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरिसकेको जानकारी दिए । नदीमा आएको पानीको बहावले सामा गाउँमा एउटा काठे पुलमा क्षति पुर्या‍एको जानकारी आएको एसपी पाठकले बताए । ‘प्रहरीको टोली घटनास्थल पुगिसकेको छ, अहिले तत्काल थप क्षति हुने अवस्था देखिएको छैन’, उनले भने ।

गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले हिमपहिरो खसेपछि बूढीगण्डकी नदीमा पानीको बहाव बढेकाले नदी वरपर नजान र सर्तक रहन सबैलाई आग्रह गरिएको बताए । वीरेन्द्र ताल मनास्लु हिमालको फेदीको ठूलो क्षेत्रफलमा अवस्थित छ । यसलाई बूढीगण्डकी नदीको मुहानको रुपमा लिने गरिन्छ ।

 

प्रतिक्रिया

अपडेट

महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन

काठमाडौं। महाराष्ट्रका उपमुख्यमन्त्री तथा राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) का अध्यक्ष

प्रतिनिधिसभा निर्वाचनः उम्मेदवार मतदाता रिझाउन घरदैलोमा

खोटाङ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खोटाङका

बाँकेमा ५२ पुरुष उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै चार महिला

बाँके। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेबाट

Logo

संकेत मिडिया प्रा.लि.

अनामनगर - काठमाडौँ ९८०१०५५१९९

समाचारका लागि-९८५१२८०२३७

[email protected]

विज्ञापनका लागि-९८५१०५५१९९

अध्यक्ष

शान्ति तिवारी

सम्पादक

शिव लम्साल

कार्यकारी सम्पादक

दीपक आचार्य सानुभाइ


  • सूचना विभाग दर्ता नं. : ५१५/०७४-०७५
  • हाम्रो टिम
  • हाम्रो बारेमा

©2026 Bikas Times सर्वाधिकार संकेत मिडिया प्रा.लि. | Designed & Devevloped by : Appharu