मध्यराति भिरबाट खस्यो १३ जना मलामी बोकेको जिप

मध्यराति भिरबाट खस्यो १३ जना मलामी बोकेको जिप

एकको मृत्यु, १२ घाइते


गुल्मी । गुल्मीको सत्यवतीमा मलामी बोकेर घाटबाट फर्किरहेको जिप भिरबाट खस्दा १ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक ९एसपी० राजन भुजेलले केहीबेरअघि दिएको जानकारी अनुसार गएराति पौने १२ बजे सत्यवती गाउँपालिका ४ मा जिप दुर्घटनामा परेको हो। जिप सडकबाट झण्डै ४० मिटर तल खसेको छ।