सुदूरपश्चिम सरकार विस्तार : नागरिक उन्मुक्तिबाट थापा बनिन् मन्त्री

सुदूरपश्चिम सरकार विस्तार : नागरिक उन्मुक्तिबाट थापा बनिन् मन्त्री


धनगढी ।

सुदूरपश्चिम सरकार आज विस्तार गरेको छ। मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सांसद टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका हुन् ।

थापालाई आजै प्रदेश प्रमुख नजिर मियाँले शपथ गराएका छन् ।  वैशाख ६ गते मुख्यमन्त्रीमा सोडारी नियुक्त भएका थिए। सोही दिन मुख्यमन्त्री सोडारीले भौतिक पूर्वाधार विकास मन्त्रीमा नागरिक उन्मुक्तिका कैलाश चौधरीलाई नियुक्त गरेका थिए ।

आज बिहान मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको सत्ता गठबन्धनको बैठकमा मुख्यमन्त्री सोडारीले २१ गते विश्वासको मत लिने विषयमा पनि समझदारी भएको छ।