बस्तीमा डढेलो पस्दा रामेछापमा १ जनाको मृत्यु

बस्तीमा डढेलो पस्दा रामेछापमा १ जनाको मृत्यु


दोलखा ।

रामेछाप नगरपालिका-८ को काउले सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्दा एक महिलाको मृत्यु भएको छ।

बिहीबार बेलुका डढेलो घरमा सल्किएपछि जलेर रामेछाप नगरपालिका-८ की  ३२ वर्षीया रमिता तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

डढेलोका कारण बस्तीका दुई घर जलेका छन्। साथै ४८वटा पशु पनि आगलागीमा परेर मरेको रामेछाप प्रहरीले जनाएको छ।