‘सहकारी घोटालामा मुछिएकी’ आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

‘सहकारी घोटालामा मुछिएकी’ आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग


काठमाडौँ ।

राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी सांसद गीता बस्नेतमाथि छानबिन गर्न माग गरेको छ ।

राप्रपाको विहिबार बसेको बैठक कार्यसम्पादन समितिको बैठकले आफ्नी सांसद बस्नेतमाथि छानबिनको माग गरेको हो ।

साथै राप्रपाले सहकारीको रकम अपचलनको छानबिनमा सहयोग पुऱ्याउन आफ्नै सांसदलाई निर्देशन दिएको छ भने सरकारसँग निष्पक्ष छानबिनको माग गरेको छ ।

त्यस्तै, राप्रपाले सहकारी घोटालामा संलग्न अन्य जोसुकैलाई पनि छानबिनको माग गरेको छ ।