नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु (तस्बिरहरू)

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु (तस्बिरहरू)


काठमाडौं ।

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन काठमाडौंमा सुरु भएको छ । आज र भोलि गरी २ दिनसम्म चल्ने महाधिवेशनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरे ।

महाधिवेशन राष्ट्रिय सभागृहमा भइरहेको छ । त्यसअघि पत्रकारहरुले शान्तिवाटिकाबाट राष्ट्रिय सभागृहसम्म प्रभातफेरी निकालेका थिए ।

केन्द्रीय महाधिवेशनमा सहभागी हुन देशभरबाट पत्रकारहरु काठमाडौंमा आएका छन् । केन्द्रीय महाधिवेशनमा राष्ट्रिय परिषद् सदस्यहरु सहभागी हुन्छन् ।

केन्द्रीय महाधिवेशनमा महासचिव रोशन पुरीको सांगठनिक र कोषाध्यक्ष कलेन्द्र सेजुवालको आर्थिक प्रस्ताव पेस गरी छलफलपछि पारित गर्ने कार्यसूची छ ।

केन्द्रीय महाधिवेशनको एक महिनापछि महासंघले नयाँ नेतृत्व चयन गर्ने विधानमा व्यवस्था छ । त्यसका लागि महासंघको निर्वाचन आगामी जेठ १९ गते गर्ने निर्णय केन्द्रीय समिति बैठकले गरिसकेको छ ।

यसपटक महासंघले प्रत्यक्ष निर्वाचनको अभ्यास गर्दैछ । केन्द्र, प्रदेश र जिल्ला समितिको मतपेटिका प्रत्येक शाखामा राखेर प्रत्यक्ष निर्वाचन हुने छ ।

निर्वाचन अघि महासंघको सदस्यता वैशाख मसान्तभित्र शुद्धिकरण समिति र संगठन समितिले टुंगो लगाउने छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’काठमाडौँमा शुक्रबार आयोजित नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौँमा शुक्रबार आयोजित नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशन कार्यक्रममा वरिष्ठ पत्रकार गजेन्द्र बुढाथोकीलाई प्रेस स्वतन्त्रता सेनानी सम्मान प्रदान गर्दै । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौँमा शुक्रबार आयोजित नेपाल पत्रकार महासङ्घको २७औँ महाधिवेशन कार्यक्रममा वरिष्ठ पत्रकार रमेश तुफानलाई प्रेस स्वतन्त्रता सेनानी सम्मान प्रदान गर्दै। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौँमा शुक्रबार आयोजित नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशन कार्यक्रममा वरिष्ठ पत्रकार महेश्वर दाहाललाई प्रेस स्वतन्त्रता सेनानी सम्मान प्रदान गर्दै। 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौँमा शुक्रबार आयोजित नेपाल पत्रकार महासङ्घको २७औँ महाधिवेशन कार्यक्रममा वरिष्ठ पत्रकार निर्मला आचार्यलाई प्रेस स्वतन्त्रता सेनानी सम्मान प्रदान गर्दै ।

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौँमा शुक्रबार आयोजित नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशन कार्यक्रममा वरिष्ठ पत्रकार कुलचन्द्र वाग्लेलाई प्रेस स्वतन्त्रता सेनानी सम्मान प्रदान गर्दै।

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौँमा शुक्रबार आयोजित नेपाल पत्रकार महासङघको २७औँ महाधिवेशन कार्यक्रममा झापाको पत्रकारिका पुस्तक विमोचन गर्दै ।

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौँमा शुक्रबार आयोजित नेपाल पत्रकार महासङ्घको २७औँ महाधिवेशन कार्यक्रममा वरिष्ठ पत्रकार बलराम थापालाई प्रेस स्वतन्त्रता सेनानी सम्मान प्रदान गर्दै।