काठमाडौं ।
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि ‘हेर्न नमिल्नेमा राखिएको छ ।
जिल्ला अदालत, काठमाडौंको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गा प्रसाद ढुंगेलको संयुक्त इजलासमा पेसी तोकिएको थियो ।
यस अघि पटक पटक ‘हेर्न नभ्याइने’ मा परेको यो मुद्धा आज ‘ हेर्न नमिल्ने’ मा राखिएको छ ।
यस मुद्धामा यस अघि झगडिया झिकाउन र गौशालाको जन्ममितिको विवरण झिकाउन आदेश दिइएको थियो ।
काठमाडौँ अदालतले सन्दीपले जबरजस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख जरिवाना तथा दुई लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको थियो । सन्दीप यही फैसला विरुद्ध उच्च अदालत गएका हुन ।
त्यस्तै, जिल्ला अदालतको फैसलाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयपनि पत्न उच्च अदालतमा पुनरावेदनमा गएको छ । उच्च अदालत पाटनले दुवै पुनरावेदनलाई एक साथ सुनुवाई अगाडी बढाएको छ ।
प्रतिक्रिया