सर्वोच्चका सबै पेशीको सुनुवाइ स्थगित

सर्वोच्चका सबै पेशीको सुनुवाइ स्थगित


काठमाडौँ ।

पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधनको खबरपछि सर्वोच्च अदालतमा तोकिएका सबै पेशीको सुनुवाइ स्थगित भएको छ ।

पेशी तोकेर सुनुवाइमा चढिसकेका सबै मुद्दा आज स्थगित भएको सर्वोच्च प्रशासनले जनाएको छ ।

आज गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश सरकारसम्बन्धी विवादको सुनुवाइ हुने तय भएपनि योसहित सबै स्थगित हुने भएको छ ।