केजरीवालले २० दिनका लागि पाए अन्तरिम जमानत

केजरीवालले २० दिनका लागि पाए अन्तरिम जमानत


काठमाडौँ ।

भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका सर्वोच्च अदालतले अन्तरिम जमानत दिएको छ ।

सर्वोच्च अदालतले मनी लान्ड्रिङ मुद्दामा केजरीवाललाई १ जुनसम्म अन्तरिम जमानत दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

न्यायमूर्ति सञ्जीव खन्नाको नेतृत्वमा रहेको इजलासले केजरीवाललाई जमानत दिएको हो ।

उनलाई दिल्लीको मदिरा नीतिमा अनियमितता गरेको आरोपमा गत मार्च २१ मा पक्राउ गरिएको थियो ।