काठमाडौँ ।
राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले राजीनामा दिएका छन् । राष्ट्रपतिका आर्थिक विज्ञ नेपालले दिएको राजिनामा राष्ट्रपतिले आइतबार स्वीस्कृत गरेका हुन् ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज एक विज्ञप्ति जारीगरी डा. नेपालले दिनुभएको राजिनामा राष्ट्रपतिले स्वीस्कृत गरेकाे बारे जानकारी दिएका छन् ।
‘राष्ट्रपतिज्यू समक्ष आर्थिकविज्ञ डा. चिरञ्जिवी नेपालले दिनुभएको राजिनामा सम्वत् २०८१ वैशाख ३० गते स्वीकृत गर्नु भएको छ । साथै, राष्ट्रपतिज्यूले डा. नेपालले आफ्नो पदमा रही पुर्याउनुभएको सेवाका लागि धन्यवादसमेत दिनुभएको छ’, जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
डा. नेपाल सरकारले सय रूपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेपछि गरको टिप्पणीका कारण विवादमा परेका थिए । यस विषयमा उनले गरेको टिप्पणीप्रति राष्ट्रपति असन्तुष्ट बनेको बताइएको थियो ।
प्रतिक्रिया