आज बस्ने भनिएकाे कांग्रेस संसदीय दलको बैठक स्थगित

आज बस्ने भनिएकाे कांग्रेस संसदीय दलको बैठक स्थगित


काठमाडौँ ।

आज बस्ने भनिएको नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक स्थगित भएको छ ।

कांग्रेसले संसदीय कार्यसमितिको बैठक आज दिउँसाे १ बजे र संसदीय दलको बैठक दिउँसाे २ बजे बस्ने बताइएको थियो ।

तर, अब बैठक मंगलबार संसदीय कार्यसमिति बिहान ८ बजे र संसदीय दलको बैठक बिहान ९ बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको छ ।

बैठकबाट कांग्रेसले मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले पेश गर्ने सरकारको नीति तथा कार्यक्रम अवरोध गर्ने या नगर्ने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको आरोप लगाउँदै संसदीय छानबिन समितीको माग गरेर संसद् अवरुद्ध गरिरहेको छ ।