संसद् भवनमा राष्ट्रपतिकाे स्वागत रिहर्सल

संसद् भवनमा राष्ट्रपतिकाे स्वागत रिहर्सल


काठमाडौँ ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आउने कार्यक्रमका लागि संसद भवन नयाँ बानेश्वरमा रिहर्सल गरिएको छ ।

सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालको उपस्थितिमा राष्ट्रपतिको स्वागत र संसद् भवनभित्र पुर्याएको प्रक्रियाको रिहर्सल गरिएको थियो ।

सो अवसरमा एक डमी राष्ट्रपति बनाएर रिहर्सल गरिएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

राष्ट्रपति पौडेलले आज अपराहन्न ३ बजे संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तालिका रहेको छ ।

रिहर्सलका तस्बिरहरू :