जीबी राईको राहदानी रद्द गर्न राहदानी विभागलाई प्रहरीकाे पत्र

जीबी राईको राहदानी रद्द गर्न राहदानी विभागलाई प्रहरीकाे पत्र


काठमाडौँ ।

सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईको राहदानी रद्द गर्न प्रहरीले पत्राचार गरेको छ ।

त्यसका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले राहदानी विभागलाई पत्राचारसमेत गरिसकेकाे छ ।

राहदानी ऐन, २०७६ को दफा १२ र दफा १५ अनुसार राहदानी रोक्का वा रद्द गर्न प्रहरीले माग गरेको हो।

उनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’बाट डिफ्युजन र रेड नोटिश जारी भएको छ । १३ माघमा उनीविरुद्ध डिफ्युजन नोटिश जारी भएको थियो ।

डिफ्युजन नोटिसको आधारमा उनी मलेसियामा लोकेट भएका हुन् । सरकारले उनलाई पक्राउ गरेर पठाइदिन मलेसियन सरकारलाई कूटनीतिक नोट पनि पठाएको थियो ।