काठमाडौं । दुई दिन लगातार स्थिर रहेको सुनको भाउ बुधबार तोलामा ६ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन ६ सयले बढेर तोलाको १ लाख ४१ हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
मंगलबार र सोमबार तोलाको १ लाख ४१ हजार रुपैयाँमा स्थिर थियो । आइतबार पनि यही भाउ कायम थियो । गत शुक्रबार भने १ लाख ४५ हजार पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।
महासंघका अनुसार बुधबार तेजाबी सुन तोलामा १ लाख ४० हजार ९ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेर १ हजार ८ सय २० रुपैयाँ पुगेको छ । मंगलबार १ हजार ८ सय १५ तथा सोमबार र आइतबार १ हजार ८ सय २५ रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया