शहरी विकास मन्त्रालयको बजेट असन्तुलित : सांसद चौरसिया

शहरी विकास मन्त्रालयको बजेट असन्तुलित : सांसद चौरसिया


काठमाडौं । नेपाली कांग्रेसका सांसद अजयकुमार चौरसियाले शहरी विकास मन्त्रालयको बजेट असन्तुलित रहेको बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा शहरी विकास मन्त्रालयको विविध खर्चमा २२ लाख राखिएको र शीर्षक किटान नगरिएको भन्दै उनले भने, ‘…जसरी बजेटमा स्वइच्छाचारित छ यस्तो (शीर्षक विनाको रकम)ले आर्थिक स्वइच्छाचारिता अझ बढ्छ ।’

शहरी विकास मन्त्रालयले बजेट असमान रूपमा वितरण गरेको उनको आरोप छ । ‘सबैभन्दा कम बजेट मधेशमा दिइएको छ । मधेशको पनि पर्सा र विरगंजमा साह्रै न्यून छ । यो असन्तुलन किन ?’ उनको प्रश्न छ ।

शहरी विकास मन्त्रालयको बजेट असन्तुलित बजेटको एक उदाहरण रहेको उनले बताए ।