नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोको उच्च जोखिम

नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोको उच्च जोखिम


काठमाडौ । नारायणगढ–मुग्लिन सडकखण्डका २५ ठाउँमा पहिरोको जोखिम रहेको पाइएको छ । भरतपुरस्थित डिभिजन सडक कार्यालयले २५ स्थानमा जोखिम रहेको जनाएको छ । कार्यालयका अनुसार तीमध्ये चार स्थान उच्च र सात ठाउँ कम जोखिममा छन् । मौरी पुल, नाम्सी पुल, कालीखोला र तुइन पुल क्षेत्रमा पहिरोको उच्च जोखिम छ ।यस्तै, पहिरोको कम जोखिम भएका गाईघाट, डुम्रे पुल, घुमाउने, सिमलताल, जलवीरेमा पनि पहिरोको जोखिम छ ।