नेपाली बजार सुनचाँदीको भाउ घट्यो

नेपाली बजार सुनचाँदीको भाउ घट्यो


काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको भाउ घटेको छ । शुक्रबार सुनको भाउ तोलमा ४ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो बिहीबार तोलाको १ लाख ४१ हजार ६ सयमा कारोबार भएको छापावाल सुन आज शुक्रबार घटेर १ लाख ४१ हजार २ सयमा किनबेच भइरहेको छ । त्यस्तै तेजाबी सुन तोलाको १ लाख ४० हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

शुक्रबार चाँदी तोलाको १ हजार ८ सयमा कारोबार भइरहेको छ । बिहीबार तोलाको १ हजार ८ सय १० रुपैयाँ थियो ।