ईश्वरी बरालको‘माया छ कि छैन’ सार्वजनिक

ईश्वरी बरालको‘माया छ कि छैन’ सार्वजनिक


I’m गायिका ईश्वरी बरालको नयाँ गीत ‘माया छ कि छैन’ सार्वजनिक भएको छ। गीतको भिडियोमा चर्चित कलाकार आर्यन सिग्देल, सुजल बम र मोनिका बोहराको अभिनय रहेको छ।

भिडियोमा गायिका बरालको पनि नृत्य र अभिनय छ। गीत श्री ईश्वरी प्रडक्सन युटुव च्यानलबाट सार्वजनिक गरिएको छ।
म्युजिक भिडियोको छायाङ्कन ललितपुर हरिसिद्धिस्थित इट्टा तथा टायल कारखाना र थापाथलिस्थित चियावालाकोमा गरिएको छ। भिडियोका निर्देशक मुस्कान ढकाल हुन् भने छायाङ्कन नवराज उप्रेतीको छ।
कोरियोग्राफि शिशिर खातीले गरेका छन्।
शब्द,सङ्गीत र एरेन्ज विपिन आचार्यको रहेको गीत कपुरधारास्थित एम बी म्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको छ।
गायिका बरालका यसअघिका चर्चित गीतहरूमा नरिसाउन होइ, खानदानी छोरी लगायत छन्।