निश्चित मापदण्डका आधारमा बजेट बनाउनुपर्छ : सांसद परियार

निश्चित मापदण्डका आधारमा बजेट बनाउनुपर्छ : सांसद परियार


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले निश्चित मापदण्डको आधारमा बजेट बनाउनुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै परियारले विगतदेखि नै बजेट निश्चित विधि र पद्धतीमा नबन्ने भएकाले अब सच्याएर जानुपर्ने बताएका हुन् ।

परियारले बजेटको समान वितरण हुनुपर्ने बताए । उनले भने, ‘अमुक मन्त्री हाबी हुने बजेट बनाउन बन्द गर्नुपर्छ । सबै निर्वाचन क्षेत्रमा निश्चित न्यूनतम बजेट जाने व्यवस्था गर्नुपर्छ ।’

परियारले बजेटको एउटा विधि र पद्धती बनाएर अघि बढ्नुपर्ने बताए । उनले भने, ‘कमसेकम सबै क्षेत्र, भूगोलमा न्यूनतम यति बजेट जाने भन्ने व्यवस्था गरौं । अनिमात्रै बजेटको विरोध कम हुन्छ ।’