ललितपुर महानगरको सेवा टाइम कार्ड प्रणालीमा

ललितपुर महानगरको सेवा टाइम कार्ड प्रणालीमा


काठमाडौ । ललितपुर महानगरपालिकाले सेवा दिँदा टाइम कार्ड प्रयोग गर्ने भएको छ ।

महानगरका मेयर चिरीबाबु महर्जनले पेस गरेको आर्थिक वर्ष (आव) २०८१/ ८२ को वार्षिक नीति तथा कार्यक्रममा महानगरले प्रदान गर्ने सेवा टाइम कार्ड प्रणालीबाट हुने उल्लेख छ ।

‘महानगरबाट प्रवाह हुने सेवालाई चुस्त, दुरुस्त, प्रविधियुक्त नागरिकमैत्री पारदर्शी, जनउत्तरदायी र जवाफदेही बनाइनेछ । मुस्कान सहितको सेवालाई व्यावहारिक रुपमा लागु गरी नगरवासीसँग प्रत्यक्ष सम्बन्ध रहेका सेवा प्रवाहमा टाइम कार्ड सिस्टम लागु गरिनेछ’ नीति तथा कार्यक्रममा उल्लेख छ ।