राजनीतिक परिवर्तनमा महिलाहरूको ठूलो योगदान रहेको सभापति देउवाको दाबी

राजनीतिक परिवर्तनमा महिलाहरूको ठूलो योगदान रहेको सभापति देउवाको दाबी


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक परिवर्तनमा महिलाहरूको ठूलो योगदान रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित ‘लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण’ विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आगामी दिनमा नेतृत्व विकासमा पनि महिलाहरूको अग्रणी भूमिका रहेको खण्डमा नेपालको राजनीतिक नेतृत्व अझ अघि बढ्नसक्ने बताए ।

उनले महिलाहरूलाई अहिले समावेशी, समानुपातिकको रुपमा महिलाहरुलाई ठाउँ दिइएको उल्लेख गर्दै महिलाहरुको भूमिका अझ बढी र प्रभावकारी, सशक्त हुने विश्वास व्यक्त गरे ।

उनले नेपाली कांग्रेसभित्र महिलाहरूमा अन्तरघातको रोग रहेको जिकिर गर्दै पार्टीमा अन्तरघातको रोगबाट मुक्त गरेको खण्डमा महिलाहरुलाई अझ बढी मौका मिल्ने विश्वास व्यक्त गरे ।

उनले अहिले संसारभर नै महिलाहरूको अधिकार, समावेशीकरण, समानुपातिक विकासका लागि आवाज उठिरहेको र नेपालमा महिला राष्ट्रपति भइसकेको उल्लेख गर्दै त्यस्तै बन्न आग्रह गरे । सभापति देउवाले महिला सशक्तीकरणको अभियानलाई अघि बढाउन आग्रह गरे ।