नेपाल राष्ट्र बैंकद्वारा बेस्ट एक्सचेन्ज हाउसको अनुमति खारेज प्रक्रिया सुरु

नेपाल राष्ट्र बैंकद्वारा बेस्ट एक्सचेन्ज हाउसको अनुमति खारेज प्रक्रिया सुरु


काठमाडौं । नेपाल राष्ट्र बैंकले बेस्ट एक्सचेन्ज हाउसको अनुमति खारेज प्रक्रिया अघि बढाएको छ । बेस्ट आफैंले स्वेच्छिक खारेजमा जान चाहेकोले केन्द्रीय बैंकले खारेजीको प्रक्रिया अघि बढाएको हो ।

मनिचेन्जरको कारोबार गर्ने इजाजत पाएको बेस्टमा कसैको रकम बाँकी भए ३५ दिनभित्र दाबी गर्न समय दिइएको छ । ३५ दिनसम्म पनि कतैबाट दाबी नपरे कम्पनी खारेजीमा लागिने राष्ट्र बैंकले भनेको छ । दाबी लिखित रूपमा गर्नुपर्नेछ । बेस्टको कार्यालय ठमेलमा छ ।