भेरी करिडोर रिम्नामा पहिरोका कारण सडक अवरुद्ध

भेरी करिडोर रिम्नामा पहिरोका कारण सडक अवरुद्ध


भेरी करिडोर सडक खण्ड अन्तरर्गत जाजरकोटको भेरी नगरपालिका–१ रिम्ना नजिक पहिरो खस्दा सडक अवरुद्ध भएको छ । तस्बिर : हेमन्त केसी / रासस

काठमाडौं । भेरी करिडोर अन्तर्गत जाजरकोटको भेरी नगरपालिका–१ रिम्ना नजिक पहिरोका कारण सडक अवरुद्ध भएको छ । आज बिहानैदेखि सडक अवरुद्ध हुँदा यातायात सेवा ठप्प भएको छ ।

निरन्तरको वर्षापछि पहिराले सडक अवरुद्ध भएको भेरी करिडोर आयोजाका प्रमुख सुनिल रञ्जितकारले बताए ।

अहिले पहिरो हटाउने काम भइरहेको छ । सडक अवरुद्ध हुँदा जाजरकोट, रुकुमपश्चिम र डोल्पा आवतजावत गर्ने यात्रु बाटोमै अलपत्र परेका छन् ।