कैलालीमा चट्याङ लागेर ३ जना बालिका गम्भीर घाइते

कैलालीमा चट्याङ लागेर ३ जना बालिका गम्भीर घाइते


काठमाडौं । कैलालीको घोडाघोडीमा चट्याङ लागेर ३ जना बालिका गम्भीर घाइते भएका हुन् । जिल्लाको घोडाघोडी नगरपालिका–९ बुदेनी बस्ने ३ बालिकालाई विद्यालय जाने क्रममा आज बिहान पौने ७ बजे तिर चट्याङ्ग लागेको थियो।

चट्याङ्ग लागेर घाइते हुनेमा ९ वर्षीय सरस्वती भुल, ७ वर्षीय पारु कठायत र १० वर्षीय खिमा कठायत रहेका छन् । अध्ययनरत मोहन्याम आधारभूत विद्यालय बुदेनीको गेटमा पुग्ने क्रममा चट्याङ लागेको इलाका प्रहरी सुखडका प्रहरी नायव उपरीक्षक दीपेन्द्र पालले जानकारी दिए।

एक बालिकाको चट्याङ लागेर आन्द्रा बाहिर आएको छ भने, दुई बालिकाको टाउकोम चोट लागेको प्रहरी नायव उपरीक्षक पालले बताए ।
उपचारका लागि घोडाघोडी अस्पताल लगिएका उनीहरूलाई थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज रेफर गरिएको छ ।