एसईई नतिजा बाहिरिएकोबारे छानबिन हुन्छ : बोर्ड

एसईई नतिजा बाहिरिएकोबारे छानबिन हुन्छ : बोर्ड


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले (एसईई) २०८० को नतिजा औपचारिक रूपमा सार्वजनिक नगर्दै विभिन्न समाचारमाध्यममार्फत सार्वजनिक भएकोबारे छानबिन गर्ने जनाएको छ ।

बोर्डले बिहीबार बिहान ११ बजे नतिजा सार्वजनिक गरेको थियो । तर, सवा नौ बजे नै नतिजाको मूल आशय र अंकसहित मिडियामा सार्वजनिक भएको थियो । त्यसबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा बोर्ड अध्यक्ष डा.महाश्रम शर्माले आन्तरिक छानबिन गरिने जवाफ दिएका छन् ।

उनले भने, ‘यहाँ हामी आउँदा नतिजामा हस्ताक्षर गरेर आएका छौँ । त्यसकारण नतिजा सार्वजनिक नभई बाहिरतिर मिडियामा नआउनुपर्ने हो । कसरी आयो त्यस विषयमा बोर्डमा छलफल गर्नेछौँ ।’ उनले यस वर्ष ननग्रेडेड घटेको र ग्रेडेड प्रतिशत बढेको पनि बताए ।